गृहले पायो अनुभवी सचिव | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

गृहले पायो अनुभवी सचिव

काठमाडौं, २७ वैशाख । गृहका अनुभवी दिनेश भट्टराई बने गृहसचिव बनेका छन् । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव भट्टराईको गृह मन्त्रालयमा सरुवा भएको हो ।

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका आर्थिक तथा पूर्वाधार हेर्ने सचिव भट्टराई प्रदेश १ को प्रमुख सचिव र वाणिज्य तथा आपूर्ति सचिवको भूमिकामा काम गरिरहेका छन् ।

गृह मन्त्रालयमा हुँदा विभिन्न महाशाखा र कार्यालय प्रमुख भएर काम गरेका सचिव भट्टराईले गृहसचिवको जिम्मेवारी पाएका छन् ।

सहसचिव हुँदा मकवानपुर,उदयपुर, बारा, दाङलगायतको सिडिओ बनेका भट्टराईको गृहमा लामो अनुभव छ । शिक्षाका क्याडर टेकनारायण पाण्डेलाई सचिवको जिम्मेवारी दिँदा बिग्रिएको गृहको ट्रयाक ठिक ठाउँमा ल्याउँन भट्टराईलाई गृहसचिवमा ल्याइएको हो ।

Leave a Reply