२४ घण्टामा अढाई करोड बढिको अबैध सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

२४ घण्टामा अढाई करोड बढिको अबैध सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तिव्रता दिँदा करीव २४ घण्टाको वीचमा अढाई करोड बढिको अबैध सामान तथा गाडी बरामद गरेको छ ।

सोमबार बिहान १० बजे देखि मंगलबार बिहान ८ बजे सम्म देश भरीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलका विभिन्न यूनिटले २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरको अबैध सामान नियन्त्रणमा लिएको हो ।

जसमा कोशी प्रदेशका ईलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित यूनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

यसैगरी मधेस प्रदेश अन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित यूनिटले २४ घण्टाको बीचमा २ करोड ३६ लाख २८ हजार ८ सय १२ रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलबस्तु र बर्दिया जिल्लास्थित यूनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

यसैगरी सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधीमा ४ लाख ९२ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

बरामद सामानमा भन्सार छलि र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत रहेका छन् । बरामद सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);