देशभक्ति चलचित्र प्रदर्शन गर्नबाट रोक्न राज्य सत्ता नै लाग्योः अध्यक्ष खड्का | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

देशभक्ति चलचित्र प्रदर्शन गर्नबाट रोक्न राज्य सत्ता नै लाग्योः अध्यक्ष खड्का

काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशभक्त चलचित्र निर्माण गर्दा राज्य नै बिरोधमा उत्रिएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा चलचित्र काँडेतारबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चलचित्र काँडेतार प्रदर्शन गर्न नदिन स्वयं राज्य सत्ता नै लागेको आरोप लगाउनु भयो । उहाँले सेन्सर बोर्डले केही संवाद र दृश्य काट्न निर्देशन दिएको भन्दै कुनै संवाद र दृश्य नकाटी प्रदर्शन गर्न पाउनुपर्ने माग आफ्नो रहेको बताउनु भयो ।

उहाँले देशभक्त चलचित्रलाई राज्य सत्ता नै लागेर खेदेको बताउनु भयो । उहाँले देशभक्त चलचित्र प्रदर्शन गर्न नदिने र फिल्ममा त्यस्ता अपाच्य दृश्य भए जेल सजानय भोग्न आफू तयार रहेको बताउनु भयो ।

अध्यक्ष खड्काले देशभक्त चलचित्रबारे बोल्न ठूला र नयाँ पार्टीका नेताहरु नै हिच्किचाएको आरोप लगाउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);