यस्तो छ मन्त्रीपरिषद् बैठकका निर्णय | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

यस्तो छ मन्त्रीपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ ।

मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो । उहाँले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताउनु भयो । उहाँले ढल्केवर वाणगंगा १३२ केबी प्रशारण लाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको बताउनु भयो ।

उहाँले इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीको लागि योजना आयोगको उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);