मोरङ, २६ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका–८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बेलबारी नगरपालिका–७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।