काठमाडौँ महानगरले थाल्यो तार व्यवस्थापनको काम | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

काठमाडौँ महानगरले थाल्यो तार व्यवस्थापनको काम

काठमाडौं, २५ वैशाख । काठमाडौँ महानगरपालिकाले आजदेखि राजधानीका अव्यवस्थित तार व्यवस्थापनको काम थालेको छ । आज माइतीघर मण्डल र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिएको हो ।

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले आजबाट अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने निर्णय गरेको हो । सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षमा छलफल गर्न बसेको बैठकले पहिलो चरणमा माइतीघर मण्डलदेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यसमा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन् । ती क्षेत्रमा सेवा प्रदायकले आ–आफ्नो तारमा संकेत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैं जिम्मेवार हुनुपर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियरहरू, उपत्यका प्रहरी कार्यालय,दि इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल आईएसपीएएन र महानगरका प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरू सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);