टोपबहादुर जी हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो निः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

टोपबहादुर जी हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो निः अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताउनु भएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको छ । उहाँले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले कडाइका साथ कारबाही गर्नुस् जो दोषि छन्, उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ कारबाही गरोस् सरकारले । र प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने यस्तो उस्तो नगरोस् । र निष्पक्ष ढंगले जो दोषि छन् तिनीहरुलाई कारबाही गरोस् र निर्दोषलाई फसाउने प्रयास पनि नगरोस् त्यो कुरा मैले उहाँलाई भने । हामी भ्रष्टाचार कसैले कुनै रुपमा गरोस्, त्यसलाई सहँदैनौँ । हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो नि ।’

अध्यक्ष ओलीले आरोपित एमाले सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको स्पष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);