शरणार्थी प्रकरणमा कसैले दबाब दिएर केही हुनेवाला छैनः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

शरणार्थी प्रकरणमा कसैले दबाब दिएर केही हुनेवाला छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताउनु भयो । उहाँले सो प्रकरणमा निर्दोष कोही नपर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले संसद बैठकमा सो प्रकरणको सम्बन्धमा कुुरा उठ्नुले सरकारको मनोबल बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले भनेको छु दोषि कोही बच्न सक्दैन । निर्दोष कोहीपनि पर्दैन । सरकारको त्यही जोड छ । आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु । कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);