काठमाडौं । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेका छन् ।
आईतवार प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरु को–को हुन् भन्ने कुरा सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो ।
त्यस्तै उहाँले सरकारले पुनः विश्वासको मत लिनुपर्ने बताउनु भयो । सांसद सुवालले वर्तमान राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्न नपाउने पनि बताउनु भयो ।