काठमाडौं, २४ वैशाख । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित एक विशेष समारोहमा मन्त्री आचार्यलाई रामचन्द्र पौडेले शपथ खुवाएका हुन् । आचार्यलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनियताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि सो मन्त्रालय सम्हालेका नेसपाका महिन्द्रा राय यादवलाई खानेपानी मन्त्रालयको कार्यभार तोकिएको छ ।