५० तोला बढी सुनसहित दुगड ग्रुपका लेखापाल दम्पत्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

५० तोला बढी सुनसहित दुगड ग्रुपका लेखापाल दम्पत्ति पक्राउ

काठमाडौं, २४ वैशाख । ठुलो मात्रामा सुनचाँदीसहित दुगड ग्रुपका लेखापाल पक्राउ परेका छन् । भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र ८ तोला चाँदीसहित लेखापाल विनोद मुरार पक्राउ परेका हुन् ।

रानी नाकातर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानबाट उक्त मात्रामा सुनचाँदी बरामद भएको प्रहरीले जनाएको छ । लेखापाल मुरार र उनकी श्रीमती पुष्षासँग प्रहरीले ७ लाख रुपैयाँसमेत बरामद गरेको छ । उनको घर भारतको विहार हो । उनीहरुसँगै चालक विराटनगर घर भएका विमल कामतलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ३ थान सुनको ठुलो बिस्कुट, ६ तोला सानो बिस्कुट, सिक्काहरु ३६ ग्राम, ४० ग्राम १० थान सिक्का, कनौती ५.७८ ग्रामको २ थान गरी ५४ तोला सुन बरामद भएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);