काठमाडौं, २२ वैशाख । दार्चुलाको व्याँस गाउँपालिका १ भोलीन हिमपहिरोमा परेर मृत्यु भएकाहरुको शव ल्याउन नेपाल तर्फ बाटो नहुँदा समस्या भएको छ । गत मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परेको थियो ।
भारतीय सडकमार्गबाट उनीहरुको शव सदरमुकाम खलंगा ल्याउने प्रयास भइरहेको र भारततर्फ सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको हुँदा शव जिल्ला सदरमुकाम खलंगा ल्याउन समस्या भएको हो ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव भेटिएको थियो भने वेपत्ता रहेका २८वर्षिय इश्वरी थापा १५वर्षिय छिमि सामु थापा फेला पर्न नसकेको र उनिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।