वल्र्ड भिजन नेपालको २०२२ को वार्षिक उपलब्धी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

वल्र्ड भिजन नेपालको २०२२ को वार्षिक उपलब्धी सार्वजनिक

काठमाडौं, २२ वैशाख । वल्र्ड भिजन इन्टरनेशनल नेपालले ग्रामिण शहरी क्षेत्रमा अतिजोखिममा रहेका बालबालिका र परिवारको जीवन सुधारका लागि सन् २०२२ मा गरेका उपलब्धिको रिपोर्ट सार्वजनिक गरेको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी वल्र्ड भिजन इन्टरनेशनल नेपालले ग्रामिण शहरी क्षेत्रमा अतिजोखिममा रहेका बालबालिका र परिवारको जीवन सुधार गर्न प्रणाली सबलीकरण, सेवा प्रवाह, नवप्रवर्तन र समाधानका क्षेत्रमा सन् २०२२ मा हासिल गरेका उपलब्धिको रिपोर्ट सार्वजनिक गरेको हो । वल्र्ड भिजन नेपालले हेरक वर्ष बालबालिका र समुदायसँगको सहकार्यमा शिक्षा, स्वास्थ्य, संरक्षण र जीविकोपार्जन क्षेत्रमा गरेका उपल्बधी सार्वजनिक गर्ने गरेको छ ।

वल्र्ड भिजन नेपालले सन् २०२२ मा दीर्घकालिन कार्यक्रम तथा कोभिड १९ प्रतिकार्यमार्फत ७ लाख ८५ हजार बालबालिका र वयस्कहरुको जीवनमा प्रभाव पारेको बताएको छ । वल्र्ड भिजन नेपालको सन् २०२२ मा १४ वटा बालमैत्री,लैङ्गिकमैत्री र अपाङ्गमैत्री कक्षाकोठा र ११ वटा बालमैत्री,लैङ्गिकमैत्री र अपाङ्गमैत्री शौचालय र ३ वटा खानेपानी आयोजना निर्माण गरी विद्यालय सुरक्षालाई सुदृढीकरण गर्ने काम गरेको जानकारी दिएको छ । वल्र्ड भिजन नेपालका फिल्ड अप्रेशन निर्देशक अनुप राणाले जीविकोपार्जन कार्यक्रमले समुदायका ४० प्रतिशत घरधुरीलाई राष्ट्रिय औसतभन्दा बढी आम्दानी गर्नसक्ने बनाई गरिबीबाट माथि उकास्न मद्दत गरिएको बताउनु भयो । उहाँले वल्र्ड भिजन यस्तो कार्यक्रम लिएर १९,५६६ घरधुरीमा पुगेको भन्दै तीमध्ये ११,९६१ घरधुरीले आयव्ययको योजना तयार पार्ने र उनीहरुको मासिक औसत वचत १,३६७ रहेको बताउनु भयो । उहाँले ५१ वटा स्वास्थ्य संस्थालाई मातृ तथा नवजात शिशु स्वास्थ्य र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सेवाका लागि आवश्यक उपकरण सहयोग गरिएको बताउनु भयो । उहाँले बाल संरक्षणमा वडा तथा पालिका तहका ७२ मध्ये ६४ वटा बाल संरक्षण समितिसँग सहकार्य गरी बाल संरक्षण गर्न आवश्यक नीति बनाउन सहयोग गरिएको बताउनु भयो । राणाले ३५ स्थानीय सरकारले रिपोर्टिङ संयन्त्र बनाउँदा स्थानीय बाल संरक्षणसँग सम्बन्धित घटनाबिरुद्ध प्रतिकार्य शतप्रतिशतमा आएको बताउनु भयो ।

उहाँले वल्र्ड भिजनले कर्णालीका जुम्ला,मुगु र कालिकोट गरी ३ जिल्लाका ८ नगरपालिकामा पहिरोबाट प्रभावित १८,६९४ जनालाई सहयोग गरिएको बताउनु भयो । उहाँले संघीय र प्रादेशिक तहमा बालबालिकाको सवालमा जम्मा २६ वटा नीति तथा निर्देशिका बनाउने काममा सहयोग गरिएको बताउनु भयो । राणाले ६ वडामा बालमैत्री स्थानीय शासन घोषणा सहयोग गरिएको पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);