बुद्धका उपदेशको परिपालन गर्न सके देश सबल बन्छ : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

बुद्धका उपदेशको परिपालन गर्न सके देश सबल बन्छ : राष्ट्रपति

काठमाडौं, २२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् ।
गौतम बुद्धको २५६७ औँ बुद्धजयन्तीको पावन अवसरमा शुभकामना सन्देश दिँदै पौडेलले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके देश सबल बनाउन सकिने बताएका छन् ।

यसले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास लिएका छन् । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्धारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा अर्चना लगायत विविध कार्यक्रमहरू गरी मनाइन्छ ।

गौतम बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने मैले उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);