आज बढ्यो नेप्से परिसूचक | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

आज बढ्यो नेप्से परिसूचक

काठमाडौँ । बिहिबार सेयर बजार बढेको छ । बिहिबार नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड २६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नबिल बैंकको प्रमोटर सेयर अग्रिम स्थानमा छ। यसको आज ४ करोडभन्दा बढीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा एनआइबीएल ग्रोथ फण्ड र लक्ष्मी लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। एनएमबि ऋणपत्र र नेपाल एसबिआई बैंक ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

Leave a Reply