बैंकक शयर गर्ने राष्ट्रिय बिमा कम्पनीका अधिकारी देखि पूर्व सीइओ ओझामाथि कारबाही हुनसक्ने (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

बैंकक शयर गर्ने राष्ट्रिय बिमा कम्पनीका अधिकारी देखि पूर्व सीइओ ओझामाथि कारबाही हुनसक्ने (भिडियो रिपोर्ट)

काठमाडौं, २१ वैशाख । राष्ट्रिय बिमा कम्पनीमा योग्यता नपुगेका दिनेश उपाध्याय अध्यक्षका रुपमा रहेका छन् भने अर्कातर्फ पूर्व कार्यकारी निर्देशक ज्ञानेन्द्र ओझा कम्पनीसँग सम्बन्धित कार्यक्रममा विदेश सयर गरेर विवादमा मुछिएका छन् । उनी कम्पनीमा नरहेपनि सोही कम्पनीसँग जोडिएको एक कार्यक्रममा थाइल्याण्ड पुगेपछि विवादमा मुछिएका हुन् । उपाध्याय, कम्पनीका दुई कर्मचारी र पूर्व सीइओ ओझा पुर्नबिमा ब्रोकर कम्पनीको कार्यक्रममा विदेश पुगेर फर्किएका हुन् । रोचक त यो छ कि विदेश शयर गर्दा कम्पनीका दुई कर्मचारी पनि घर बिदा लिएर गएका हुन् ।

राष्ट्रिय बिमा कम्पनीमा अध्यक्ष दिनेश उपाध्यायको योग्यतामाथि यसै पनि प्रश्न उठेको छ । कम्पनीको अध्यक्ष बन्न बीमा, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा सरकारी सेवा वा संगठित सस्थाको अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । तर, उपाध्यायको यी क्षेत्रमा यति लामो समय काम गरेको अनुभव नै छैन । उनको योग्यतामाथि प्रश्न उठ्नु र बीमाको अनुभव नहुनुले कम्पनीका केही चतुर कर्मचारीले उनलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोजेको खुलेको छ । यसको उदाहरणका रुपमा पुर्नबिमासम्बन्धी ब्रोकर कम्पनी डब्लुटिडब्लुको बैंककमा भएको कार्यक्रममा सहभागिता हो । यसबारे माउण्टेन टेलिभिजनले खुलासा गरेपछि सम्बन्धिक कर्मचारीले धम्कीपूर्ण पत्र पठाएका छन् । पत्रमा राष्ट्रिय बिमा कम्पनीका दुई कर्मचारीहरुले समाचार स्रोत दिन भन्दै कानूनी कारबाहीमा जाने धम्की दिएका हुन् । तर, उनीहरुले घरबिदामा बसेर विदेशी पुर्नबिमासम्बन्धी ब्रोकर कम्पनीको कार्यक्रममा गएको होइन भन्न सकेका छैनन् । माउण्टेन टेलिभिजनले यसबारे राष्ट्रिय बिमा कम्पनीसँग जानकारी माग्दा दुवैजना घरबिदामा बसेको अवस्थामा गएको खुलाएको छ । यसरी जानेमा सृजना पन्त र हीरा बर्तौला हुन् ।

उनीहरु विदेशी पुर्नबीमासम्बन्धी ब्रोकर डब्लुटिडब्लुको कार्यक्रममा सम्बन्धित निकायको स्वीकृती विना नै गएका थिए । रोचक त यो छ कि पूर्व सिइओ ज्ञानेन्द्र ओझा पनि कार्यक्रममा सहभागी भए । राष्ट्रिय बिमा कम्पनीसँग हाल आवद्ध नरहँदा नरहँदै जानुले विवाद ल्याएको हो । यसबारे माउण्टेन टेलिभिजनले डब्लुटिडब्लुलाई पत्र लेखी जानकारी माग्दा कुनै उत्तर आएन । बिमा कम्पनीहरुको नियमनकारी निकाय राष्ट्रिय बिमा प्राधिकरणले पूर्व सीइओ ज्ञानेन्द्र ओझा राष्ट्रिय बीमा कम्पनीसम्वद्ध विदेशी कार्यक्रममा सहभागी हुन नपाउने स्पष्ट पा¥यो । प्राधिकरणका कार्यकारी निर्देशक राजु रमन पौड्यालले राष्ट्रिय बिमा कम्पनीका अध्यक्ष र सीइओले विदेश जाँदा जानकारी गराउनुपर्ने खुलाए । अन्य कर्मचारीको हकमा कम्पनीलाई जानकारी गराए पुग्ने उनको भनाई छ । तर, पूर्वसीइओ ओझाको सहभागितामाथि भने उनले प्रश्न उठाए ।

पौड्यालले टेलिफोन सम्पर्कमा भने, उहाँ कुन हैयियतले कार्यक्रममा सहभागी हुनुभयो थाहा भएन । माउण्टेन टीभीलाई प्राप्त सूचना अनुसार सृजना पन्त र हीरा बर्तौलाले नै नाम दिएर ओझालाई बैंकक सम्म डब्लुटिडब्लुको कार्यक्रममा पु¥याइएको थियो । यो समूह नै विना जानकारी बैंकक गएकाले उनीहरुमाथि कारबाही हुनुपर्नेमा राष्ट्रिय बीमा प्राधिकरण कसरी अगाडि बढ्छ चासो बनेको छ । ओझा र उनलाई लाने कर्मचारीमाथिको कारबाहीको विषय अहिले राष्ट्रिय बिमा कम्पनीमा उठेको छ ।

राष्ट्रिय बिमा कम्पनीका अध्यक्ष दिनेश उपाध्याय मात्र कम्पनीका तर्फबाट औपचारिक रुपमा सहभागी भएको खुलेको छ । बाँकी तीनजनाको सहभागिताले कारबाहीको विषय उठेको छ । अध्यक्ष उपाध्यायले पनि प्राधिकरणमा जानकारी नगराई डब्लुटिडब्लुको कार्यक्रममा सहभागी भएको खुलेको छ । उपाध्यायसहित नेपाल वायु सेवा निगमको बिनजेश क्लासको टिकटमा उनीहरु बैंकक पुगेको खुलेको छ । यसमा पनि शक्ति र पहुँचको दुरुपयोग भएको देखिन्छ । नियम उल्लंघन गरी बिजनेश क्लाशको टिकटमा जहाज चढी विदेशी ब्रोकर पुर्नबिमा कम्पनीको कार्यक्रममा जाने त्यसमाथि उल्टै धम्कीयुक्त पत्र लेख्ने लेख्ने सृजना पन्त र हिरा बर्तौलाले किन डब्लुटिडब्लुको कार्यक्रममा गएको हो ? त्यसबारे केही स्पष्ट पारेका छैनन् । उनीहरुले सूचनाको स्रोत माग्ने देखि आफूहरुलाई समाचार लेख्नुपूर्व सोधपुछ नगरेको विषयबारे सोधेका छन् । माउण्टेन टेलिभिजन तथ्य प्रमाणहरु तस्बिर र डकुमेन्टसहित प्राप्त भइसकेकाले यसबारे सोध्नु नपर्ने स्पष्ट पार्न चाहन्छ ।

रोचक त यो छ कि सृजना पन्त र हीरा बर्तौला चुनावताका सिंगापुर गएपछि विभागीय कारबाहीको सिफारिशमा परेका थिए । त्यसपछि फेरि नियम उल्लंघन गरेर बैंकक भ्रमण गरे । उक्त कार्यक्रममा पूर्वसीईओ ज्ञानेन्द्र ओझा, नेपाल एयरलाइन्सका अनिल शर्मा पनि सहभागी भए । राष्ट्रिय बिमा कम्पनीको कुनै पदमा नरहेका ओझा बिमा ब्रोकर कम्पनी डब्लुटीडब्लुको कार्यक्रममा किन पुगे भन्नेबारे राष्ट्रिय बिमा कम्पनी देखि बिमाको नियमनकारी निकाय राष्ट्रिय बिमा प्राधिकरण र अर्थ मन्त्रालय सम्ममा तरंग आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);