राष्ट्रपतिले उपचार खर्च आफैँले तिर्नुपर्छ भनेर गगनले दिएको अभिव्यक्ति के हो ? | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

राष्ट्रपतिले उपचार खर्च आफैँले तिर्नुपर्छ भनेर गगनले दिएको अभिव्यक्ति के हो ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भइ उपचार गराउन भारतको नयाँ दिल्ली गएपछि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सम्बन्धी उपलब्ध हुने सेवा सुविधाबारे वहस सतहमा आएको छ ।

अहिले पनि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा वहसको विषय बनिरहेको छ । अर्कोतर्फ नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले एक सार्वजनिक कार्यक्रममा राष्ट्रपतिले दिल्लीमा भएको स्वास्थ्य उपचारको खर्च आफैँले तिर्छु भन्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि यो वहसमा राजनैतिक रंग पनि मिसिएको छ । यस प्रसंगमा राष्ट्रपतिले एक विज्ञप्ती जारी गर्दै उपचार खर्च आफैँले तिर्न चाहेको बताएपछि वहस झनै पेचिलो बनेको छ ।

यसै सन्दर्भमा हामीले सांसद गगनकुमार थापाका विज्ञ सल्लाहकार प्रताप पौडेललाई सांसद गगनकुमार थापाले विशिष्ट व्यक्तिको स्वास्थ्योपचार सेवा—सुविधा सम्बन्धी र राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँले तिर्नुपर्छ भनेर दिएको अभिव्यक्ति के हो ? किन हल्लाबाजी गरेको भनेर सोधका छौँ ।

हामीसँगको कुराकानीमा थापाका सल्लाहकार पौडेलले सांसद थापाले विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सेवा, सुविधाबारे जनस्वास्थ्य सेवा ऐनमा भएको व्यवस्था भन्दा बाहिर कोही पनि जान नहुने भन्दै राष्ट्रपतिले आफ्नो स्वास्थ्य उपचारमा लागेको खर्च स्वयंले तिर्नुपर्छ भनेको जानकारी दिनुभयो । उहाँले विशिष्ट व्यक्तिले सामान्य उपचारदेखि जटिल उपचारसम्म राज्य कोषबाट सुविधा पाउने र गरिव निमुखा उपचार नै नपाइ मर्नुपर्ने भेदभाव गर्नु नहुने भन्दै विद्यमान ऐन सबैले मान्नुपर्ने विचार सांसद गगनकुमार थापाको रहेको स्पष्ट पार्नुभयो ।

जनस्वास्थ्य ऐन २०७५ को दफा ३० मा वैदेशिक उपचारबापत खर्च उपलब्ध नहुने व्यवस्था गरेको र राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा ऐन २०७४ को दफा ९ मा नेपालमा उपचार हुन नसक्ने भए मेडिकल बोर्डको सिफारिसमा मात्र विदेशमा गएर उपचार गराउन सकिने र त्यसको खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था रहेकाले वर्तमान राष्ट्रपतिको स्वास्थ्य उपचारको हकमा यी सबै प्रक्रिया पूरा नभएकाले उपचार खर्च आफैँ व्यहोर्नु राम्रो हुने भन्दै सार्वजनिक अपिल गरेको सांसद थापाको सचिवालयले स्पष्ट पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);