काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति मिलेको छ ।
काठमाडौं जिल्ला अदालतले सन्दीपलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको गिरोहमा संलग्न रहेको आरोपमा सन्दीप बुटवलबाट बुधबार पक्राउ परेका थिए ।
उनलाई प्रहरीले आज बिहान काठमाडौं ल्याएको थियो ।