बल्ल बोले बादलका छोरा | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

बल्ल बोले बादलका छोरा

काठमाडौं, २१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि प्रतीक थापाले त्यसको खण्डन गरेका छन् । शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै थापाले नाम जोडिएकोप्रति खेद प्रकट गरेका छन् ।

आआज एक प्रेस व्यक्तव्य जारी गर्दै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा समेत रहेका थापाले  अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । । गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेको दाबी गर्दै थापाले जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेको उल्लेख गरेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा लामो समयदेखि केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ आफूविरुद्ध तथ्यहीन प्रचार गरिरहेको भन्दै उनले गुनासो पोखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);