नक्कली भुटानी शरणार्थी प्रकरण अझै गहिरोसँग अनुसन्धान होस् : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण अझै गहिरोसँग अनुसन्धान होस् : गगन थापा

काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि घटना नभई प्रवृति भएको बताएका छन् । उनले अझै गहिरोसँग अनुसन्धान गर्नुपर्ने जोड दिँदै जुनसुकै ओहदाका भएपनि कारबाही गर्न सरकारसँग आग्रह गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ’ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको उनको टिप्पणी छ ।

उनले सामाजिक सञ्जाल ट्विटमा लेखेका छन्,‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ।यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन । संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।’

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);