सांसद चन्द्र भण्डारीको उपचार कहाँ हुँदैछ ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

सांसद चन्द्र भण्डारीको उपचार कहाँ हुँदैछ ?

काठमाडौं,२० वैशाख । ग्यास विस्फोट भई आगलागी हुँदा गम्भिर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्रकान्त भण्डारीको थप उपचार काठमाडौंमा सुरु भएको छ । नेता भण्डारीको काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा मंगलबारदेखि उपचार सुरु भएको हो । उनलाई भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालल जनाएको छ ।

भण्डारीको लागि आवश्यक सबै सेवा, सुविधा अस्पतालले निःशुल्क प्रदान गर्ने भएको छ । उनको उपचारमा वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डे र उनको टिम संलग्न छ । डा.भण्डारी साढे २ महिना लामो भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार पछि केही दिन अघिमात्रै स्वदेश फर्किएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);