काठमाडौं । मुस्ताङ वारागुङ गाउँपालिका १ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा रामेछाप सुनापती गाउँपालिका(२ लामाटोल ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजाघरको झ्यालबाट प्रवेश गरी गत पुस १२ गते उक्त नगद चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका ५ जगातिबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।