हत्या अभियोगमा फरार एमाले सांसद कोइरी निलम्बित | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

हत्या अभियोगमा फरार एमाले सांसद कोइरी निलम्बित

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई हत्या अभियोगमा फरार भएपछि निलम्बित गरिएका छन् । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको सूचना संसद् सचिवालये टाँसेको छ ।

नेपाल प्रहरीले कोइरीमाथि २०७२ को भदौमा मधेश आन्दोलन हुँदा सशस्त्र प्रहरीका एकजना अधिकृतको लखेटी लखेटी निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेको छ । जनकपुर उच्च अदालतले हत्याको अभियोगमा उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।

प्रहरीबाट खोजीको अवस्थामा रहँदै महोत्तरी क्षेत्र नं १ बाट मंसिर ४ को चुनाव जित्न सफल भएका थिए । माओवादी नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गरेपछि कोइरी चर्चामा आएका थिए । तर, उनीमाथि हत्या अभियोग उठ्न थालेपछि विवादमा परे ।

संसदसम्बन्धी नियमावलीमा कुनैपनि अपराधसम्बन्धी अभियोग लागेर थुनामा बस्नुपर्ने सांसद फरार रहे स्वतः निलम्बित हुने व्यवस्था छ । तर, कोइरीलाई संसदको एउटा समितिमै राखिएपछि विरोध भएको थियो ।

कोइरीले आफू अस्वस्थ भएको पत्र सभामुख घिमिरेलाई पठाएका थिए । सांसदहरुले उनलाई तत्काल निलम्बन गरी पक्राउ गर्न माग गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);