राष्ट्रिय गौरवका आयोजनाको कामलाई चुस्त बनाउन देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

राष्ट्रिय गौरवका आयोजनाको कामलाई चुस्त बनाउन देउवाको निर्देशन

deuba

काठमाडौं, २१ पुष ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवका आयोजनाको कामलाई चुस्त बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४१ औं बैठकमा प्रधानमन्त्री देउवाले समृद्धिका लागि विकासे आयोजनालाई पूर्णता दिनुपर्नेमा जोड दिए।

समितिका अध्यक्ष समेत रहेका देउवाले चालू आर्थिक वर्षको बाँकि अवधि लक्षित उपलब्धि हासिल गर्न केन्द्रित हुने प्रतिबद्धता पनि बताए । देउवाले स्थानीय तह र प्रदेशसभालाई आवश्यक जनशक्तिको तत्काल व्यवस्थापन गरी त्यहाँको कामलाई प्रभावकारी बनाउन पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए। उनँले आवश्यक्त जनशक्ति र वित्तीय व्यवस्थापनमा जुनसुकै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको प्रगति समिक्षा विवरण पेश गरेका थिए । निर्वाचनका कारण खर्च धान्न गार्हो परेको उल्लेख गर्दै उनँले पछिल्लो चार महिनाको खर्च राजस्वबाट धान्न समेत कठिनाई भएकाले वैदेशिक सहायतामा भरपर्नुपर्ने अवस्था आएको पनि बताए ।