ओलीको बोलीः राजतन्त्र मान्ने दलाल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

ओलीको बोलीः राजतन्त्र मान्ने दलाल

काठमाडौं, १७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र मान्नेलाई दलाल भनेका छन् । आज आइतवार एमालेनिकट अखिल नेपाल किसान महासंघको ७३औं स्थापना दिवसलाई ललितपुरमा सम्बोधन गर्दै राजसंस्था पक्षधरको कटु आलोचना गरेका हुन् ।

ओलीले भने, ‘राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ कि मूर्खले मान्छ । कोही कोही अज्ञानीले पनि मान्छन् । दलाल बुद्धि नभएकहरुले मान्छन् ।’

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका ओलीले केही मानिसहरुलाई किनिएको टिप्पणी गरे । पछिल्लो समय उनी पूर्वराजाप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।

ओलीको टिप्पणी लगत्तै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कडा टिप्पणी गरेका छन् । उनले ओलीले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुर्याएको भन्दै अभिव्यक्ति फिर्ता लिन आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);