निराको हत्या आरोपमा पक्राउ परेका विकलाई काठमाडौं ल्याइदैं | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

निराको हत्या आरोपमा पक्राउ परेका विकलाई काठमाडौं ल्याइदैं

काठमाडौं, १७ वैशाख । काठमाडौंको कपनमा भाडा व्यवसाय गर्दै आएकी निरा पाण्डे आचार्यको रहस्यमय हत्यामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका विनोद विकलाई काठमाडौं ल्याइदै छ ।

पाण्डेको हत्या भएको ९ दिनपछि प्रहरीले हत्यामा सम्लग्न रहेको आरोपमा विकलाई झापाबाट शनिबार पक्राउ गरेको थियो । विकलाई थप अनुसन्धानका लागि राजधानी ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
कपनमा रहेको नीरू किचेनकी सञ्चालिका आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो।

पाण्डे गत वैशाख ७ गते आफ्नै पसलमा गम्भिर घाइते अवस्थामा भेटिएकी थिइन् । उनको शरिरमा चक्कुले काटेको चोटहरु छन् । पाण्डेको हत्यारालाई पक्राउ गर्न दबाब दिँदै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । दोषीलाई पक्राउ गर्न नसकेको भन्दै चर्को आलोचना सुरु भएको छ । दोषी पक्राउ गर्न शुक्रबार छानबिन समिति पनि गठन भएको छ ।

हत्यामा सम्लग्न रहेको आरोपमा झापामै पुगेर विकलाई प्रहरीले पक्राउ गरेको हो । राजधानीमा घटना गराएर झापा पुगेर विक बसेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनी बाउन्सर रहेको पनि स्रोतले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);