सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता हुँदैन्ः केपी ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता हुँदैन्ः केपी ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता नहुने प्रष्ट पार्नुभएको छ ।

तीन दिनदेखि पाँचथरमा रहनुभएका अध्यक्ष ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण नफेरिने भन्दै उहाँले जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाउन चुनौति दिनुभयो । प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने भन्दै अध्यक्ष ओलीले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न पहिचान पक्षधरलाई सुझाव दिनुभयो ।

उहाँले एमालेविरुद्व चौतर्फी षड्यन्त्र र घेराबन्दी भइरहे पनि यसले पार्टीलाई कुनै क्षति नगर्ने दाबी गर्नुभयो । पछिल्लो चार दिनयता आफूविरुद्व कालो झन्डा देखाउने अधिकांश माओवादीका कार्यकर्ता रहेको बुझिएको भन्दै अध्यक्ष ओलीले विरोधले कुनै अर्थ नराख्ने जिकिर गर्नुभयो । यसअघि जन्मथलो तेह्रथुमको आठराई पुग्नुभएका उहाँविरुद्ध पहिचान पक्षधरले नाराबाजी गर्दै कालो झन्डा देखाएका थिए । उनीहरुले झापाको बुधबारे, इलाम,पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा अध्यक्ष ओलीलाई कालो झन्डा देखाँउदै विरोध गरेका छन् ।

Leave a Reply