‘शीर्ष नेतृत्वको दबाबले महिलाहरुले अझै आफूलाई प्रमाणित गर्न सकेनन्’ | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

‘शीर्ष नेतृत्वको दबाबले महिलाहरुले अझै आफूलाई प्रमाणित गर्न सकेनन्’

काठमाडौं । महिला राजनीतिक कर्मीहरुले दल र नेतृत्वको दबाबले महिलाहरुले आफूलाई प्रमाणित गर्न नसकेको बताएका छन् ।

राजनीतिक पार्टीहरुको बन्धन, अडान र नेतृत्वको दबाबका कारण महिलाहरु अझैपनि आफ्ना अधिकारका विषयहरु उठान गर्नबाट पछि परिरहेको बताएका हुन् । उनीहरुले पदमा पुगेका महिलाहरुले समेत देशको समृद्धि, विकास र हीतको लागि बोल्न नसकेको बताए । महिलाको आफ्नो शरीरमाथि आफ्नो अधिकार विषयक शुक्रवार आयोजित कार्यक्रममा जनता समाजवादी, पार्टी नेपालकी नेतृ निर्मला यादवले अझैपनि महिला देशको अधिकार सम्पन्न पदमा पुग्न नसकेको र पुगेका महिलाहरुले पार्टीको परिबन्धनमा परेर महिलाको हक, अधिकारको बारेमा आवाज उठाउन नसकेको बताउनु भयो । उहाँले संसदको समानुपातिक प्रणाली श्रीमती राख्ने ठाउँजस्तो भएको बताउनु भयो । उहाँले महिलाले पाएको अधिकारलाई समाजमा लागू गराउन सबै महिला एकत्रित हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीकी सांसद सिर्जना रिजालले महिलाहरु एकत्रित भएर महिलाका हक, अधिकारको कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा महिलाहरु नै विभाजित रहेको भन्दै महिलाहरु एकत्रित हुन नसक्दा महिलाका हक अधिकार सुनिश्चित हुन नसकेको बताउनु भयो । उहाँले राजनीतिक पार्टीको दबाबले मनका कुरा पनि व्यक्त गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले पार्टीका पुरुष नेतृत्वहरुले आफ्नै घरमा भएका महिला हिंसाका बारेमा कुनै आवाज नउठाएको बताउनु भयो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) की नेतृ पार्वती विशुन्खेले नेपालले बाहिरि मुलुकको समाजवाद भित्र्याएर देशको विकास हुन नसक्ने बताउनु भयो । उहाँले बाहिरि मुलुकको जस्तो समाजवाद नेपालमा भित्र्याउँदा आवश्यक वर्ग र समुदाय समेटिन नसक्ने बताउनु भयो । उहाँले प्रकाश सपुतको गीत साकम्बरी महिलाहरु नै यो समाजका लागि नालायक छन् भन्नेगरी ल्याइएको भन्दै आपत्ति जनाउनु भयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की नेतृ पार्वती थापाले महिलाको हकहीतको लागि लडेको मानिसलाई छुवाछुतको व्यवहार गर्नु नहुने बताउनु भयो । उहाँले माओवादी जनयुद्धमा हिँड्दा अछुतो व्यवहार गर्ने स्थितिबाट आन्दोलनको उपलब्धीले नै यो अवस्थामा आइपुगेको बताउनु भयो ।

नेतृ थापाले महिलाहरु विचारमा एकसाथ नहुन्जेलसम्म महिलाका हक, अधिकारहरु सुनिश्ति गर्न नसकिने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);