काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको खेल जारी छ ।
टियु मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । नेपालले अहिलेसम्म ६ विकेट गुमाएको छ । ३५औं ओभरमा नेपालले लगातार २ विकेट गुमाएको छ ।
हालसम्म नेपालले ३५.४ ओभरमा ७ विकेट गुमाएर २२६ रन बनाएको छ । अहिले कप्तान रोहित कुमार पौडेल र सोमपाल कामीले ब्याटिङलाई सम्हाली रहेका छन् ।
टियु मैदानमा हजारौं दर्शकको उपस्थीती रहेको खेलमा कप्तान रोहित कुमार पौडेलले ८० बलमा ६९ रन बनाएर खेलिरहेका छन् ।
कुशल मल्लले ४४ बलमा ५७ रन योगदान दिएर आउट भए । साथै, नेपालका ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफ शेख ३१ बनाए । भीम शार्की भने मात्र १ रनमा पबिलियन फर्किन बाध्य भए ।
वर्षाका कारण रोकिएको खेललाई ४२ ओभरमा छोट्याईएको छ ।




