संसद छलेर अयोग्य लडाकु सम्बन्धी गरिएको निर्णय आपत्तिजनकः प्रदिप पौडेल | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

संसद छलेर अयोग्य लडाकु सम्बन्धी गरिएको निर्णय आपत्तिजनकः प्रदिप पौडेल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आर्थिक संकट बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाउनु भएको हो । सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यामबाट बाहिर आईरहेको छ । यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु स्वभाविक होइन । त्यसकारण म सर्वप्रथम सभामुखमार्फत् सरकारलाई माग गर्न चाहन्छु–यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराईयोस् ।’

सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);