रविले किन दिए सरकारबाट बाहिरिने चेतावनी ? | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

रविले किन दिए सरकारबाट बाहिरिने चेतावनी ?

काठमाडौं, १५ वैशाख । नवनियुक्त प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने संकेत गरेका छन् । प्रतिनिधि सभा सदस्यको शपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रविले सरकारलाई दिएको समर्थनबारे आजै निर्णय लिने बताएका हुन् ।

उनले आजै पार्टीको केन्द्रीय समितिको बैठक बसेर निर्णय लिने पनि सुनाए । रविले निर्वाचित भएपछि बधाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई फोन गरेपनि सरकारलाई दिएको समर्थनबारे केही छलफल नभएको बताए ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन २ बाट रवि निर्वाचित भएका थिए । तर उनको नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरेपछि सो क्षेत्रमा गत वैशाख १० गते उपनिर्वाचन भएको हो । पहिलेको चुनावको तुलनामा रविले करिब ५ हजार मत बढी ल्याएर विजयी भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);