राष्ट्रिय सभा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं, १४ वैशाख । आज बस्ने भनिएको संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेर १ मिनेटमा सुरु हुने भनिएको बैठक विशेष कारणवश भोलि बस्ने गरी सरेको हो । बैठक शुक्रबार अपरान्ह्र ४ बजेर १ मिनेटमा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्नुहुने कार्यसूचि रहेको थियो ।

Leave a Reply