गाडीको ईन्जिनमाथि लागूऔषध राखेपछि... | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गाडीको ईन्जिनमाथि लागूऔषध राखेपछि…

पर्सा, १४ वैशाख । अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १ हजार ४ सय एम्पुलसहित सोही महानगरपालिका–१६ बस्ने २५ वर्षीय बब्लु पाठकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज २०३७ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा गाडीको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक पाठकलाई पक्राउ गरेको हो ।

उनीमाथि लागूऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);