हिमालय लोकस्टारको विजेता बने बलराम विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

हिमालय लोकस्टारको विजेता बने बलराम विश्वकर्मा

काठमाडौं, १४ वैशाख । हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले हात पारेका छन् । बुधबार राती राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी ५ जनालाई पछि पार्दै विजेता बनेका हुन् । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले विजेता विश्वकर्मालाई १५ लाख रुपैयाँ र ट्रफीसहित पुरस्कार प्रदान गरेका थिए ।

त्यस्तै, पीएन साइँलाले फस्ट रनरअपको उपाधि पाएका छन् । उनले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भए । उनले २ लाख रुपैयाँ नगद प्राप्त गरे ।

दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);