शंकर भण्डारीको वडाबाटै गोविन्द भट्टराईलाई धोका | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

शंकर भण्डारीको वडाबाटै गोविन्द भट्टराईलाई धोका

काठमाडौं, १३ वैशाख । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै रिक्त रहेको पदमा गत आइतबार उपनिर्वाचन सम्पन्न भएको छ ।
यसअघिको निर्वाचनमा पौडेलले सत्तागठबन्धनको समर्थनमा २५ हजार ३६१ मत पाएका थिए । तर, कांग्रेसकै उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत मात्रै पाएका छन् ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याएर विजयी भए । त्यस्तै, यसपटकको निर्वाचनमा नेकपा एमालेको मत पनि घटेको छ । गत मंसिरमा सम्पन्न निर्वाचनमा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाएका थिए तर, अहिले सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याए ।

कांग्रेसका पूर्व मन्त्री तथा केन्द्रीय सदस्य शंकर भण्डारीकै गाउँ भानु नगरपालिका–९ मा वडामा घण्टीका उम्मेदवार वाग्लेले भट्टराईले भन्दा करिब दोब्बर मत पाएका छन् । सो वडामा कुल मत १६८८ खसेको थियो । वाग्लेले ८१४ मत रास्वपाका वाग्लेले पाउँदा कांग्रेसका भट्टराईले ४५६ मत मात्रै प्राप्त गरे । एमालेका खनालले ३८६ मत प्राप्त गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);