काठमाडौं, १३ वैशाख । विराटनगरको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको अभियोगमा १३ जना छात्राहरु पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका ३ मा रहेको उक्त विद्यालयका छात्राहरुले साथीलाई कुटपिट गरेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
छात्राहरुमाथि १४ वर्षीय बालिकालाई कुटपिट गरी ज्यान मार्ने प्रयास गरेर भिडियो खिचेर सामाजिक सञ्जालमा समेत सम्प्रेषण गरेको आरोप लागेकोे छ ।
पक्राउ परेका बालिकाहरुलाई जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । सामुहिक घटना भएकोले प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरीरहेको जनाएको छ ।