दार्चुलामा जँगली बदेलको आक्रमणबाट ५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

दार्चुलामा जँगली बदेलको आक्रमणबाट ५ जना घाइते

काठमाडौं, १३ वैशाख । दार्चुलामा जंगली बँदेलको आक्रमण मा परि ५ जना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकु मा आज विहान जंगली बँदेलको आक्रमणमा परि ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज विहान सशस्त्र प्रहरीका हवल्दार र जवानहरु परेड गरिरहेका बेला एक्कासी जंगली बँदेलको आक्रमणमा परि घाइते भएका छन भने अन्य ३ जना स्थानीयहरु समेत जंगली बँदेलको आक्रमणमा परि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा शसस्त्र प्रहरीका हवल्दार गोपाल साउद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल तथा मालिकार्जुन गा पा ६ उकु का ६५ वर्षीय स्थानीय जसोद सिह महरा २१वर्षिय आयुस पाल र ५० वर्षीय रतन पार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । घाइते भएका ५ जना मध्ये ५० वर्षिय रतन पार्कीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको र ४जना को जिल्ला अस्पताल दार्चुला मा उपचार भइरहेको तथा जंगली बँदेललाई स्थानीय हरुले मारेर जिल्ला बन कार्यालय दार्चुलाका कर्मचारीहरुलार्इ बुझाएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);