काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्ना उम्मेदवार पराजित भएपछि उपनिर्वाचनको मतपरिणामले रुपान्तरित हुन सन्देश दिएको बताएका छन्। नवनिर्वाचित सांसदहरुलाई बधाई दिदैं देशको समय बदल्न नेतृत्व गरेको कांग्रेसले बदलिएको समय अनुरुप आफुलाई बदल्नुपर्नेमा जोड दिएका छन् ।
महामन्त्री शर्माले नवीन अभियानमा, नयाँ ढंगले जुट्ने पनि प्रतिबद्धता गरेका छन् ।
सामाजिक सञ्जालमा शर्माले लेखेका छन्,‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ, देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ जय नेपाल !’
गत आइतबार सम्पन्न भएको चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । ति क्षेत्रहरुमा रास्वपाका सभापति रवि लामिछाने र अर्थविद् स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।