रमेश खरेलको उपनिर्वाचनमा जमानत जफत | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

रमेश खरेलको उपनिर्वाचनमा जमानत जफत

काठमाडौं, १३ वैशाख । मंसिर ४ को चुनावमा काठमाडौं १ बाट राम्रो मत ल्याएका पूर्व डिआइजी रमेश खरेलको बारा २ को उपनिर्वाचनमा कमजोर मत देखिएको छ । उनको जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि जमानत जफत भएको हो ।

६९ हजार मत खसेकोमा रमेश खरेलको २ हजार ८२९ मत मात्र रह्यो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् ।

खरेलले मात्र तीनजना बाहेक कसैको पनि जमानत नफर्कने भएको छ । प्रभु साह नेतृत्वको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत ल्याए । नागरिक उन्मक्ति पार्टी, नेमकिपाका अलावा स्वतन्त्र उम्मेदवारहरुको मत निकै कम रह्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);