नेपाली समाजले भ्रष्टाचार स्वीकार्नु डरलाग्दो विषय होः सांसद परियार | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेपाली समाजले भ्रष्टाचार स्वीकार्नु डरलाग्दो विषय होः सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली समाजले भ्रष्टाचार स्वीकारीसकेको बताउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताउनुभएको हो । उहाँले समाजले भ्रष्टाचार स्वीकार्नु सबैभन्दा ठूलो विषय भएको बताउनु भयो ।

उहाँले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने ? भन्ने बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा नीतिगत, राजनीतिक व्याप्त भएको बताउनु भयो । उहाँले राज्यले भ्रष्टाचार गर्दा जनता गरिव भएको बताउनु भयो ।

प्रमुख सचेतक परियारले मानिसले कसरी कमायो भन्नेकुरा समाजले नहेर्ने गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);