काठमाडौं, १२ वैशाख । दलका प्रतिनिधिहरुले मतपेटिका राखेको कोठाको चाबी बोकेर गएपछि रोकिएको मतगणना पुनःसुचारु भएको छ ।
नेकपा एमाले र जनमतका जनप्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिडेपछि गणना स्थगित भएको थियो । उनीहरु चाबी लिएर आएपछि गणना फेरी सुरु भएको हो ।
प्रतिनिधिहरुले चाबी लिएर हिडेपछि निर्वाचन आयोगले तुरुन्त चाबी ल्याउन आग्रह गरेपनि उनीहरु तुरुन्तै नआएकाले केही बेर गणना रोकिएको हो ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सांसद पदका लागि गत आइतबार चुनाव भएको हो ।