काठमाडौं, १२ वैशाख । चितवन–२ मा फराकिलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लािमछानेले लिड गरिरहेका छन्।
लामिछानेले हालसम्म गणना भएको मतपरिणामको नतिजाअनुसार ३६ हजार १५८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार १४८ मत ल्याएका छन् ।
त्यसैगरी, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ६ हजार ८४० मत प्राप्त गर्दा राप्रपाका जीवलाल पुरीले २५४ मत ल्याएका चौथौ स्थानमा छन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रवि लामिछाने निर्वाचित भएका थिए । उनको सांसद पद खारेजभएपछि पुनः गत वैशाख १० गते निर्वाचन भएको हो ।