काठमाडौं । आइतबार सम्पन्न भएको उपनिर्वाचनको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १५ हजार १ सय ३५ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा ८ हजार ७ सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ५ हजार मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।
तनहुँमा आइतबार राति बाट नै मतगणना सुरु भएको हो । मैदानमा ९ जना उम्मेदवार छन् । हालसम्म २९ हजार ८ सय २ मत गणना भइसकेको छ ।