विपन्नले पाउँदैनन् उपचारः रोगसँगै ऋणको भारी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विपन्नले पाउँदैनन् उपचारः रोगसँगै ऋणको भारी !

eupachar

काठमाडौं, २१ पुष ।जिल्लाको दुर्गममा पर्ने फकफोकथुम गाउँपालिका ७, फुएतप्पाका १० बर्षे सञ्जीव लावतीका दुवै मिर्गौलाले काम गरेनन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा छोराको उपचार गराइरहेका उनका बुवा रोमनाथ दैनिक ४० हजार हाराहारी उपचार खर्च जुटाउन नसकेर भौँतारिरहेका छन् ।

अत्यन्त कमजोर आर्थिक अवस्थाका उनलाई दिनहुँ ४० हजार रुपैयाँ खर्च जुटाउनु फलामको चिउरा चपाए जस्तै हो ।

के गर्नु उपचार नगरौँ छोराको माया आफ्नोभन्दा धेरै छ, उपचार गरौँ जायजेथाले धान्न नसक्ने ऋण थाप्लोमा परिसक्यो । रामनाथले भने टाक्टरले छोरालाई निको हुन्छ भनेकाले मुटु मिचेर उपचारमा खर्च गर्नुपरेको छु , आफन्त र छिमेकीले पैसा उठाएर पठाईदिएका छन् । सरकारले विशिष्ट व्यक्तिको उपचारमा लाखौँ रुपैयाँ खर्च गरेको सुन्दा पैसा नभएर उपचार गराउन नसकेका दुरदराजका विपन्न विरामीको मन भत्भती पोल्छ । आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);