काठमाडौं । आइतबार सम्पन्न भएको उपनिर्वाचनको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ११ हजार ४ सय २८ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा ६ हजार ४ सय ६५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ३ हजार ७ सय ४७ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।
तनहुँमा आइतबार राति बाटनै मतगणना सुरु भएको हो । मैदानमा ९ जना उम्मेदवार छन् । हालसम्म तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको १२ वटा वडाको गणना सकिएको छ । हालसम्म २२ हजार ३ सय ५७ मत गणना भएको छ ।