मदनकृष्णले यसरी मनाए जन्मदिन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

मदनकृष्णले यसरी मनाए जन्मदिन

काठमाडौं, ११ वैशाख । अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मदिन रक्तदान कार्यक्रमको आयोजना गरेर मनाउनुभएको छ । आईतवार आफ्नो जन्मदिनको अवसरमा पाटन दरबार क्षेत्रमा रक्तदान कार्यक्रमको
आयोजना गरी मनाउनुभएको हो ।

सो अवसरमा अग्रज कलाकार हरिवंश आचार्य, केदार घिमिरे, किरण केसी लगायतका कलाकारको उपस्थिति रहेको थियो । रक्तदान जीवनदान भन्ने नारासहित उहाँले आफ्नो जन्म दिन भव्यताका साथ मनाउनुभएको हो । अन्य वर्षहरुमा भन्दा यस पटक फरक तरिकाबाट जन्मदिन मनाएको उहाँले बताउनु भयो । जन्मदिनको अवसरमा राखिएको रक्तदान कार्यक्रममा कलाकारहरु र आम सर्वसाधारणहरुसमेत रक्तदानका लागि कार्यक्रम स्थल पुगेका थिए ।

Leave a Reply

ताजा समाचार