उपनिर्वाचन कस्ले मार्ला बाजी | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

उपनिर्वाचन कस्ले मार्ला बाजी

काठमाडौं, १० वैशाख । तीनवटा निर्वाचन क्षेत्रमा भएको संसदीय उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रतिशत बारा २ र सबैभन्दा कम प्रतिशत तनहुँ १ मा मतदान भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए अनुसार बारा २ मा ६४, चितवन २ मा ६३ र तनहुँ १ मा ५३ प्रतिशत मतदान भएको छ ।

बारामा २० नोभेम्बर २०२२ को आमनिर्वाचनमा जत्तिकै मत खसेको छ । चितवन र तनहुँमा भने अघिल्लो चुनावको तुलनामा कम प्रतिशत मत खसेको छ ।
बारामा मतगणना मध्यरात अघि र बाँकी दुई क्षेत्रमा मध्यरात पछि मात्र सुरु हुने अवस्था रहेको छ ।

उपनिर्वाचनमा संसदमा चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन २ र छैंठो ठूलो दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा २ बाट उम्मेदवार छन् । चर्चित उम्मेदवारहरु तीनवटै क्षेत्रमा उम्मेदवार भएकाले कडा प्रतिष्पर्धा र जनचासो छ ।

बारामा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच प्रतिष्पर्धा देखिन्छ । चितवनमा रवि लामिछाने जीत्ने निश्चित प्रायः देखिएपनि उनको अघिल्लो चुनावमा भन्दा मत घट्ने देखिन्छ । तनहुँ १ मा गोविन्द भट्टराई, सर्वेन्द्र खनाल स्वर्णिम वाग्लेबीच प्रतिष्पर्धा देखिन्छ । भट्टराई र वाग्लेबीचको टकरावमा खनालको पल्लाभारी हुनसक्ने आँकलन पनि उत्तिकै छ ।

Leave a Reply