अमृतपाल सिंह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

अमृतपाल सिंह पक्राउ

एजेन्सी, १० वैशाख । खालिस्तान समर्थक तथा ‘वारिस पञ्जाब दे’ का प्रमुख अमृतपाल सिंह अन्ततः पक्राउ परेका छन् । पञ्जाब प्रहरीले फरार अमृतपाल सिंहलाई मोगाबाट पक्राउ गरेको हो । अमृतपाल मार्च १८ देखि फरार रहेको थिए । प्रहरीले उनका काका र केही सहयोगीलाई समेत पक्राउ गरेको छ ।

पञ्जाब प्रहरीले अमृतपाललाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीले शान्ति कायम गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

अमृतपाललाई असमको डिब्रुगढ लगिने बताइएको छ । उनीसँग डिब्रुगढमा सोधपुछ गरिने छ। अमृतपाललाई हिरासतमा लिएको तस्विर पनि सार्वजनिक भएको छ । समाचार एजेन्सी एएनआईले अमृतपालको पछिल्लो तस्विर ट्विट गरेको छ ।

अमृतपाल सिंहलाई पक्राउ गर्नुअघि रोडेवाला गुरुद्वारामा देखाइएको थियो। त्यसपछि उनलाई मुक्तसर प्रहरीले साथमा लिएको थियो । यो भिडियो आइतबार बिहान ४ बजेको हो ।

उनको खोजीमा धेरै ठाउँमा छापा पनि मारिएको थियो । फागुन २३ गते सहकर्मी लवप्रीत तुफानलाई रिहा गर्न माग गर्दै अमृतपाल र उनका समर्थकले अजनाला प्रहरी चौकीमा हतियारसहित आक्रमण गरेका थिए । यस घटनामा धेरै प्रहरी घाइते भएका छन् ।

अमृतपाललाई पक्राउ गर्नुअघि उनकी श्रीमती किरणदीप कौरलाई शुक्रबार नै प्रहरीले हिरासतमा लिएको थियो । किरणदीप कौरलाई अमृतसर एयरपोर्टबाट पक्राउ गरिएको थियो। किरणदीप एयर इन्डियाको फ्लाइटमा बर्मिङ्घम जान लागेका थिए । अध्यागमन अधिकारीहरूले उनलाई यात्रा गर्न अनुमति दिएनन् र हिरासतमा लिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);