डाँका कसूरमा संलग्न चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डाँका कसूरमा संलग्न चार जना पक्राउ

मोरङ,८ वैशाख । चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलिप कुमार चौधरी, सोही ठाउँ बस्ने २८ वर्षीय ईरज धामी, सर्लाही लालबन्दी नगरपालिका–२ पुनरबास टोल बस्ने ३५ वर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर नगरपालिका–५ नरेशखोर टोल बस्ने २६ वर्षीय मिथिलेश महत्तो रहेका छन् ।

ग्रामथान गाँउपालिका–२ झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २०७९ चैत २ गते राति फलामको सेफ बाकसमा राखेको ७ लाख ७७ हजार १८ रूपैयाँ चोरी भएको घटनामा उनीहरूको संलग्नता भएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमध्ये दिलिप कुमार चौधरी, ईरज धामी र मिथुन पासवानलाई जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको छ भने मिथिलेश महत्तो २ लाख रूपैयाँ धरौटीमा छुटेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);