मावली हजुरबुवाबाट वंशजको आधारमा नागरिकता खोजेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

मावली हजुरबुवाबाट वंशजको आधारमा नागरिकता खोजेपछि…

काठमाडौं, ८ वैशाख । नक्कली नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका–१० का वडाध्यक्ष महम्बद साबिरमाथि मावली हजुरबुवाबाट वंशजको आधारमा नागरिकता बनाउनका लागि सिफारिस गरेको आरोप लागेको छ ।

वडाध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बुवा छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष साबिर, नक्कली बावु जोधन साह तुहारा र उनका छोरा रमेश साह तुहारा पक्राउ परेका हुन् ।

६ महिना अघि नै नागरिकता लिइसकेका उनीहरु गोप्य सूचनाको आधारमा पक्राउ परेका हुन् ।

Leave a Reply